World Tourism Day 2024
४५ औँ विश्व पर्यटन दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका/बुढानिलकण्ठ पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल(सोट्टो नेपाल) को संयुक्त आयोजनामा आयोजित एक दिवसीय पदयात्रा हालै सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख, उपप्रमुख एवं प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, बुढानिलकण्ठ नगरपालिका/बुढानिलकण्ठ पर्यटन बोर्ड, उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी, पर्यटन पत्रकारहरुसहित करिब २०० जनाको सहभागितामा पदयात्रा सम्पन्न गरिएको हो ।
यस वर्षको पर्यटन दिवसको नारा ‘पर्यटन र शान्ति’ सहित बुढानिलकण्ठ मन्दिर–मुहानपोखरी–विष्णुद्धार–डाँडागाउँ होमस्टेसम्मको पदयात्रा गरिएको हो ।