Budhanilkantha Video Competition 2026
बुढानीलकण्ठ पर्यटन बोर्ड द्वारा आयोजना गरिएको पर्यटन प्रवर्द्धन सम्बन्धी बुढानीलकण्ठ भिडियो प्रतियोगिता २०८३ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा १९ युवा तथा सर्जक प्रतियोगीहरुले बुढानीलकण्ठ क्षेत्रका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटेर आकर्षक भिडियो प्रस्तुत गरेका थिए । प्रतियोगिताले स्थानीय पर्यटन प्रवर्द्धन, युवाको सिर्जनात्मकता विकास तथा डिजिटल माध्यमबाट बुढानीलकण्ठको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ । उत्कृष्ट भिडियो निर्माण गर्ने सहभागीहरूलाई यातायात खर्च तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।